Speed Money Transfer Japan K.K. (SMTJ) जापान सरकारको निकाय Kanto Local Finance Bureau मा दर्ता भई Licence No. 00011 प्राप्त गरी जापानबाट विश्व भरि पैसा पठाउने एउटा वैधानिक माध्यम हो । Speed Money Transfer Japan K.K. को प्रधान कार्यालय Tokyo मा र शाखा कार्यालय Nagoya मा रहेको छ । जापानको केन्द्रीय बैंक तथा जापान सरकार बाट स्वीकृती प्राप्त SMTJ ले नेपालमा नेपाल राष्ट्र बैंक तथा नेपाल सरकार बाट स्वीकृति प्राप्त Zenith Remit Pvt. Ltd. संग सहकार्य गरि जापान बाट नेपालको कुनै पनि ठाउँमा पैसा पठाऊन एउटा सरल माध्यमको ब्यबस्था गरेको छ । Zenith Remit Pvt. Ltd. ले जापानमा छरीएर बसेका नेपालीहरु का लागी सरल, सुरक्षित तथा वैधानिक माध्मयम बाट आफ्नो पसिनाको कमाई नेपाल पठाउन भरपर्दों र सुरक्षित रुपमा पैसा पठाउने माध्यमको रुपमा स्थापना भएको छ । नेपालमा लामो समय देखि Money Transfer को छेत्रमा विश्वनीय सेवा पुयाईरहेको NepalRemit (www.nepalremit.com) संग आबद्ध भएर NepalRemit को नेपाल भरी फ़ैलीएर रहेको भरपर्दों संजाल तथा 2,००० भन्दा बढ़ी शाखा मार्फ़त अत्यन्त शीघ्रताको साथ सम्बन्धित व्यक्ति लाई भुकतानी गर्ने व्यवस्था मिलाएको छ ।